Saturday, November 23, 2024
Home > आर्थिक समाचार > हटिया सार्दा व्यापार नहुने चिन्ता

हटिया सार्दा व्यापार नहुने चिन्ता

कटहरी,३१ असार । मोरङको कटहरी गाउँपालिकामा लाग्दै आएको ‘बुध हटिया’लाई स्तानान्तरण गरि कृषि बजारमा सार्ने निर्णय गरेपछि व्यवसायीहरु चिन्तित बनेका छन् । हुलाकी सडक छेउमा वर्षौ देखी लाग्दै आएको हटियालाई भित्र गाउँतर्फ सार्ने निर्णय गतल भएको व्यवसायीले बताएका छन् । संघबाट प्रदेश र प्रदेशले कटहरी गाउँपालिकालाई हस्तान्तरण गरेको कटहरी १ मा रहेको कृषि बजारलाई सञ्चालन गर्न गाउँपालिकाले बुध हटियालाई स्तानान्तरण गर्ने निर्णय गरेपछि व्यवसायीहरु मारमा परेको गुनासो गर्छन । चरम आर्थिक मन्दी भइरहेको बेला बुध हटियाबाटै घरपरिवार चलाउँदै आएका साना व्यापारीहरु ब्यापार ठप्प हुने हो कि भन्ने चिन्तामा छन् । हुलाकी सडक छेउमा बुध हटिया लाग्दा पुर्वबाट कर्सीया, रंगेली, दोेमना र सिमापारी रझौलासम्मका ग्राहकहरु आउने गरेको व्यवसायीहरुले बताएका छन् । हटिया स्तानान्तरण गर्दा ग्राहकहरु नपुग्ने र व्यवसाय ठप्प हुने व्यापारीहरुको तर्क छ । गाँउपालिकाले निर्णय गर्नुपूर्व आफुहरुसँग छलफल समेत नगरेको उनीहरुले गुनासो गरे । यता बुध हटिया संचालनका लागि गाउँपालिकाले वर्षैनी लाखौ रुपैयाँ भाडा तिर्नु परेको अध्यक्ष देवराज चौधरीले बताउनु भयो । विश्वबैकको १८ करोड लगानीमा बनेको कृषि बजारमा बुध हटिया लैजाँदा सरकारी संरचना जोगिने र जग्गाधनिलाई बुझाउने रकम समेत अन्य विकास निमार्णमा लागाउने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *