काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनु भयो । उहाँले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको बताउनु भयो । उहाँले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताउनु भयो । उहाँले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताउनु भयो ।