विराटनगर, ३ भदौ । अत्यधिक गर्मीका कारण विराटनगरमा सञ्चालित विद्यालयहरु २ दिन विदा हुने भएका छन । विराटनगर महानगरपालिकाले विराटनगर महानगरभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार छुट्टी दिने निर्णय गरेको छ । गर्मीका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि छुट्टी दिनु परेको महानगरले जनाएको छ । विराटनगरको तापक्रम आइतबार ४० डिग्री पुगेको छ ।