Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मोरङमा भोलिदेखि जन्मसिद्धका छोराछोरीलाई नागरिकता वितरण गरिने

मोरङमा भोलिदेखि जन्मसिद्धका छोराछोरीलाई नागरिकता वितरण गरिने

विराटनगर, १० असार । जिल्ला प्रशासन कार्यालय मोरङबाट भोलीदेखि नागरिकता विहीन जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने भएका छन् । सर्वाेच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी ऐनका विरुद्धमा दिएको उजुरी खारेज गरेपछि उनीहरुले नागरिकता पाउने बाटो खुलेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले सबै पालिकालाई सूचना जारी गर्दै आवश्यक कागजात संलग्न गराएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्ने व्यवस्था गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सम्पूर्ण गाउँपालिका र नगरपालिका तथा महानगरपालिकाका प्रमुखलाई वडाबाट सिफारसि गरी पठाउन जानकारी दिइएको र भोलिदेखि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य सुचारु हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *