काठमाडौं, १० असार । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसलाई पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताउनु भयो ।
नेता कोइरालाले काँग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताउनु भयो । नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले संविधानमाथि धेरै प्राहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताउनु भयो ।