Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > विपद्बाट १० जनाको मृत्यु

विपद्बाट १० जनाको मृत्यु

काठमाडौं, ५ असार । विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन शुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभयो । त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको उहाँले बताउनु भयो । मन्त्री श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनु भयो । मन्त्री श्रेष्ठले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताउनु भयो । उहाँले राहत, उद्दार तथा पुर्नस्थापनाका लागि सरकारले स्थानीय तह लगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *