Monday, November 25, 2024
Home > मुख्य समाचार > नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जनालाई थुनामा राख्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जनालाई थुनामा राख्न आदेश

काठमाडौं, १ असार । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ ।

मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३० जनाविरुद्ध ठगी, लिखित किर्ते, राज्य विरुद्ध र संगठित अपराध गरी चार १० जेठमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा २१ जेठदेखि नक्कली शरणार्थी प्रकरणमाथि थुनछेक बहस चलिरहेको थियो । मंगलबार नै आदेश गर्ने गरी शुनुवाईको योजना बनेपनि बहस लम्बिएकाले आज मात्र आदेश भयो । अदालतको यो आदेश चित्त नबुझाउने पक्ष उच्च अदालत जान पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *