काठमाडौं, ३० जेठ । नागरिकता माग गर्दै एक युवकले मोरङको कटहरीका एक युवकले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा उनले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । मोरङ कटहरीका निरजकुमार कामतले आत्मदाहको प्रयास गर्नुभएको हो । कामतको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सर्वाेच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतिघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा कामतले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताउनुभयो । कामतका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिनुभएको थियो ।