Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > चीनले अमेरिकी सैन्य अखडामा आक्रमणका लागि अभ्यास गरिरहेको पेन्टागनको आरोप

चीनले अमेरिकी सैन्य अखडामा आक्रमणका लागि अभ्यास गरिरहेको पेन्टागनको आरोप


अमेरिकी रक्षा मन्त्रालयको एउटा रिपोर्टमा चीनले प्रशान्त महासागरमा अमेरिका र उसको सहयोगीको सैन्य अड्डामा आक्रमणका लागि अभ्यास गरिरहेको आरोप लगाइएको छ । बीबीसीका अनुसार अमेरिकी संसदमा पेस गरिने वार्षिक प्रतिवेदनमा पेन्टागनले चीनले आफ्नो लडाकू विमानको सहयोगले यो क्षेत्रमा लामो दूरीमा प्रहार गर्ने क्षमता वृद्धि गरिरहेको छ । चीनले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन । प्रतिवेदनमा पछिल्लो तीन वर्षमा चीनको पिपल्स लिबरेसन आर्मी(पीएलए)ले लडाकू विमानद्वारा आक्रमण गर्नका लागि समुद्री क्षेत्रको विस्तार गरेको पनि बताइएको छ । पेन्टागनले चीनले भविष्यमा ताइवानलाई पनि गाभ्ने रणनीति बनाइराखेको बताएको छ ।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *