काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाएँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गर्नुभयो । उहाँले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताउनु भयो । उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।