Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > काँग्रेस जिल्ला निर्वाचन कार्यालय खारेजीको विपक्षमा

काँग्रेस जिल्ला निर्वाचन कार्यालय खारेजीको विपक्षमा

काठमाडौं, २६ जेठ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखि काम गर्ने प्रश्ताव गरेको थियो । सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रश्तावप्रति आपत्ति जनाउँदै शुक्रवार सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनु भयो । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेको धारणा राखेपनि त्यस विषयमा भने पार्टीले असहमति जनाउँदै जिल्ला निर्वाचन कार्यालयलाई नै अग्रसर गर्नुपर्ने कुरा राखेको बताउनु भयो । सहमहामन्त्री परियारले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्नेकुरामा काँग्रेस तयार रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *