Sunday, November 24, 2024
Home > मुख्य समाचार > एमाले माथि सांघातिक हमला हुँदा पनि सरकार मुकदर्शक बनेको योगेश भट्टराईको आरोप

एमाले माथि सांघातिक हमला हुँदा पनि सरकार मुकदर्शक बनेको योगेश भट्टराईको आरोप

काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमाले सचिव योगेशकुमार भट्टराईले सत्तापक्षकै कार्यकताहरुले बिहीबार (हिजो) पनि कोशी प्रदेशका एमालेका संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको आरोप लगाउँदै त्यसको जवाफ सरकारसँग माग गर्नु भयो ।

उहाँले सत्तापक्षकै कार्यकर्ताहरुले हाम्रो पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण गर्दा पनि सरकार किन चुप लागेर बसिरहेको भनि प्रश्न समेत गर्नु भयो । उहाँले प्रदेशको नामाकरण गर्ने विषय प्रदेशकै अधिकार भएकाले त्यस विषयलाई लिएर किन एमालेमाथि आक्रमण भईरहेको भनि आक्रोश समेत व्यक्त गर्नु भयो । प्रदेशको राजधानीको नामाकरणको विषयलाई लिएर एमालेमाथि भईरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिने हो भने एमालेले संसद बैठक सूचारु हुन नदिने सचिव भट्टराईको चेतावनी थियो । उहाँले मुलुकलाई जातीय, धार्मिक र सम्प्रदायिक ढंगले बिभाजन गर्ने काम गरिएको भन्दै आफ्नो पार्टीलाई सैह्य नहुने बताउनु भयो । सचिव भट्टराईले एमालेलाई लखेटने प्रयास गरिएको जिकीर गर्दै त्यसको प्रतिवाद्ध गर्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेत समेत गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *