Friday, November 22, 2024
Home > Uncategorized > भोजपुर अस्पतालमा औषधि अभाव, आपुर्तिकर्तालाइ कारवाहीको माग

भोजपुर अस्पतालमा औषधि अभाव, आपुर्तिकर्तालाइ कारवाहीको माग

भोजपुर, २५ जेठ । सरकारी स्तरमा संचालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि समस्या समाधान गर्न सरोकारवाला निकायहरु बिच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल संचालनमा देखिएका समस्या समाधानका लागि सम्वन्धित निकायहरु चनाखो हुनु पर्ने आवाज उठेको हो । दुर्गम जिल्ला भएकाले औषधिको अभाब हुन नदिनका लागि मौज्दात सकिनु भन्दा अगाडी नै पुनः ढुवानी हुने ब्यवस्था गर्न अस्पाताल बिकास समितिका अध्यक्ष राईले बताउनुभयो ।

सिटामोल जस्ता सामान्य औषधि पनि नागरिकले पाउन नसकेको गुनासो आफुसँग पनि आएको बताउँदै बिकास समितिका अध्यक्ष राईले तोकिएको समयमा ढुवानी नगर्ने आपूर्तिकर्तालाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो । जिल्ला अस्पताललाई आवश्यक पर्ने औषधिजन्य सामाग्रीहरु समयमा आपूर्तिकर्ताले ढुवानी नगर्दा समस्या देखिने गरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजालले बताउनुभयो । बर्षमा २ पटक औषधि खरिद हुने र टेण्डर अनुसारको औषधिहरु समयमा नआउँदा समस्या देखिने गरेको डा. रिजालले बताउनुभयो । केही समय अगाडी निशुल्क बाँडने औषधीहरु सकिएको गुनासो आएपछि स्वास्थ्य सेवा जिभागबाट ल्याएर भएपनि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अस्पतालमा देखिएका समस्याका बिषयमा अस्पताल प्रशासनले पनि खबरदारी गर्नु पर्ने बताउनुभयो । समितिको बैठकमा कर्मचारी बिदा तथा व्यवस्थापन, डेण्टल चिकित्सक करार नियुक्ति, एम्बुलेन्स सेवा, विद्युत लाइन जडान लगायतका बिषयमा पनि छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *