Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > मन्त्रिपरिषद् बैठकमा विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निणर्य

मन्त्रिपरिषद् बैठकमा विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निणर्य

सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निणर्य गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निणर्य भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषद्ले विद्युत् व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निणर्य गरेको हो । भारत भ्रमणका क्रममा नेपालको विद्युत् बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो । यस्तै, बैठकले काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निणर्य पनि गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *