Friday, November 22, 2024
Home > मुख्य समाचार > देशको हति रक्षा भएपछि मात्रै संसदको अवरोध हट्छ : अध्यक्ष केपी ओली

देशको हति रक्षा भएपछि मात्रै संसदको अवरोध हट्छ : अध्यक्ष केपी ओली

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताउनु भयो । प्रतिपक्षी दलहरुको बिरोधका कारण आज प्रतिनिधि सभाको बैठक कार्यसूचिमा प्रवेश नगरि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *