काठमाडौं, २१ जेठ । नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आईताबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो । बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिनु भयो ।
Home > मुख्य समाचार > प्रतिनिधि सभा बैठक अबरुद्ध : नागरिकता विधेयक निष्क्रिय नबनाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने एमालेको चेतावनी