Friday, November 22, 2024
Home > मुख्य समाचार > नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका नेता परेपनि छोड्दिन : गृहमन्त्री श्रेष्ठ

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका नेता परेपनि छोड्दिन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २० जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताउनुभएको छ । शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताउनु भयो । उहाँले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताउनु भयो । उहाँले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताउनु भयो । उहँले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने बताउनु भयो । उहाँले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *