Sunday, November 24, 2024
Home > आर्थिक समाचार > काठमाडौंमा रोजगार मेला सुरु

काठमाडौंमा रोजगार मेला सुरु

काठमाडौं, १६ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला शुरु भएको छ । आजदेखि टेकुस्थित महासंघको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला शुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बीचमा पुलको काम गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगार मेलाले रोक्नसक्ने बताउनु भयो ।

उहाँले सरकारले ल्याएको बजेटले निजी क्षेत्रको सहकार्य आवश्यकता आंैल्याएको बताउनु भयो । अध्यक्ष ढकालले बजेटले स्टार्टप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताउनु भयो । मेलामा युवाहरु रोजागरीको अपेक्षा गर्दै र रोजगारका लागि खोजिने जनशक्तिका विषयमा बुझ्न मेलामा पुगेका छन् । कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला शुरु भएको छ । रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *