Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै हुन्छ : परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, १६ जेठ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ । प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर आज मकालु टेलिभिजनसँग कुरा गर्दै उहाँले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनु भयो । उहाँले भ्रमणका क्रममा ब्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले भारतीय भूमी प्रयोग गरी बंगलादेशमा उर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको बताउनु भयो ।

मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गर्नुभयो । मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलायमान बनाउन भारतसँगका केही रहेका असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताउनु भयो । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानुहुने भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *