काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ । उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क थियो ।
नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्ने बताउनु भयो । त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पु¥याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्त औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनहरुलाई आह्वान गर्नुभयो । उहाँले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवि पत्रकारहरुलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसको बिरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताउनु भयो । अध्यक्ष पोखरेलले सञ्चारमैंत्री कानुन निर्माणमा ध्यान दिन सरकारलाई पनि सचेत गराउनु भयो ।