Sunday, November 24, 2024
Home > मुख्य समाचार > एमालेको अवरोधका कारण संसद स्थगित

एमालेको अवरोधका कारण संसद स्थगित

काठमाडौं, १२ जेठ । नेकपा एमालेका सांसदहरुको अवरोधको कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेका सासदहरुले वेल घेराउ गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गर्नु भएको हो । २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरी सुरु हुन सकेको छैन् । बैठकमा उठेर विरोध गरिरहेका एमालेका सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए । यसैबीच, एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *