Friday, November 22, 2024
Home > मुख्य समाचार > आगोपीडित बिरामीलाई पनि क्यान्सर रोग सरह आर्थिक सहयोग गर्न सांसद भण्डारीको माग

आगोपीडित बिरामीलाई पनि क्यान्सर रोग सरह आर्थिक सहयोग गर्न सांसद भण्डारीको माग

काठमाडौं, १० जेठ । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका बिरामीहरुलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।खाना पकाउने ग्याँसको लिक भई जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले सो माग राख्नु भएको हो । गरिव मानिसहरु नै यसको बढि मारमा पर्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उहाँको तर्क थियो । सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताउनु भयो । उहाँले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एसियाकै सवल हुने दावी समेत गर्नु भयो । सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । त्यस अवसरमा सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरु, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *