Friday, November 22, 2024
Home > विराटनगर समाचार > एक वर्ष पुगेको अवसरमा विराटनगरमा शुभकामना आदानप्रदान

एक वर्ष पुगेको अवसरमा विराटनगरमा शुभकामना आदानप्रदान

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको १ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कर्मचारी र महानगरवासीका तर्फबाट एक वर्षको अवधिमा राम्रो सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विराटनगरको विकासका लागि सम्पूर्ण कर्मचारी र महानगरवासीको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानलाई सफल बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले कर्मचारीको सहयोग बिना जनप्रतिनिधिहरुले मात्रै महानगरवासीको विकास र समृद्धिको चाहना पूरा गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले एक वर्षको अवधिमा कर्मचारीहरुसँगको सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाउनुभयो । कार्कीले जनताबाट गुनासो नआउने गरी काम गर्नसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जनप्रतिनिधिले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा कर्मचारीका तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *