Friday, November 22, 2024
Home > मुख्य समाचार > सामाजिक सद्भावसहित राष्ट्रिय एकता सुदृढ बनाउन आवश्यक : एमाले अध्यक्ष ओली

सामाजिक सद्भावसहित राष्ट्रिय एकता सुदृढ बनाउन आवश्यक : एमाले अध्यक्ष ओली

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनु भएको हो । उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयाजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहो¥याउनु भयो । ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताउनु भयो । अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *