विराटनगर, ७ जेठ । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतिले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सबैको सहयोगमा नेपालकै समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताउनुभएको छ । उहाँले कोशी प्रदेशलाई कामको हिसावले एक नम्बर बनाइने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले विश्वव्यापी आर्थिक मन्दीको प्रभावका कारण प्रदेशको बजेट घट्ने अवस्था आएको बताउनुभयो । प्रदेश योजना आयोगका नव नियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतिले सबै सरकारी निकाय, नीजि क्षेत्रलगायत सरोकारवाला पक्षहरूसँगको छलफल र सहयोगमा प्रदेशको आर्थिक अवस्था सुधारका लागि प्रयत्नशिल रहने बताउनुभयो । सपथ ग्रहण कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।