Friday, November 22, 2024
Home > मुख्य समाचार > सरकार नै जनतालाई महँगो भयो : एमाले अध्यक्ष ओली

सरकार नै जनतालाई महँगो भयो : एमाले अध्यक्ष ओली

काठमाडौं, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न नसक्ने बताउनुभएको छ । सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारको नीति तथा कार्यक्रमले पञ्चवर्षीय योजनालाई बिर्सिएको बताउनुभयो । उहाँले पञ्चवर्षीय योजना भनेको पाँच वर्षको नीति तथा कार्यक्रम भएको भन्दै त्यतातिर नछोएको भन्दै आपत्ति जनाउनु भयो । अर्थतन्त्र संकटमा गइरहेको बेलामा सुधारको कुनै कार्यक्रम नल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो समाजप्रति गम्भीर छैन। सबैभन्दा महँगो त जनतालाई सरकार बनेको छ । देशलाई नै टाट पल्टाइसक्यो।’ उहाँले नीति तथा कार्यक्रमा फाल्तु रहेको भन्दै समर्थन गर्न नसकिने बताउनुभयो । अध्यक्ष ओलीले यसलाई समर्थन गर्न नसकिने भन्दै विरोध गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *