Friday, November 22, 2024
Home > आर्थिक समाचार > धनकुटामा गतबर्ष भन्दा यसवर्ष सुन्तला उत्पादन ३० प्रतिशतसम्म घट्ने अनुमान

धनकुटामा गतबर्ष भन्दा यसवर्ष सुन्तला उत्पादन ३० प्रतिशतसम्म घट्ने अनुमान

पौष ३ धनकुटा

सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस बर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ ।
जिल्लाको समग्र सुन्तला उत्पादन गतबर्ष भन्दा ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । फूल फूल्ने र दाना लाग्ने समयमा भएको भारि बर्षाका कारण यस बर्ष सुन्तला उत्पादनमा कमि आउने अनुमान ज्ञानकेन्द्रले गरेको हो । खोकु, छिन्ताङ्ग, आँखिसल्ला, धनकुटा नगरपालिका र मौनाबुधुक लगायत स्थानमा व्यावसायीक सुन्तला खेति हुने गरेको छ । अघिल्लो बर्ष धनकुटामा ८ सय ७५ हेक्टरमा भएको खेति बाट ४ हजार ९५ मेट्रिटन सुन्तला उत्पादन भएको कृषिज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनालले जानकारी दिनु भयो । सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटाका कतिपय स्थानमा भने सुन्तला मासिदै जान थालेको छ भने कतिपय किसान भने सुन्तलाको बिकल्प खौज्दै अन्य फलफूल समेत लगाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *