Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > पीउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गर्न सरकारको ध्यानाकर्षण

पीउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गर्न सरकारको ध्यानाकर्षण

सांसद घनश्याम खतिवडाले विद्यालयको पीउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गरि संलग्न अपराधीलाई हदै सम्मको कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले घटनाको सत्य तथ्य छानविन गरी संलग्न दोषि माथि कडा कारवाही गर्न माग गर्नुभएको हो । पीउने पानीमा विष राख्ने अपराधीलाई हदै सम्मको कारवाहीका लागि सम्पुर्ण संयन्त्रहरुको प्रयोग गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । मंगलबार मोरङको लेटाङ नगरपालिकास्थित श्री जाँते मावि लेटाङ ९ मा विद्यार्थीमा पानी पिउने वित्तिकै पेल पोल्ने, बान्ता हुने लक्षण देखिएपछि विद्यालय प्रशासनले चेक गर्दा पिउने पानीको ट्यांकीमा बिषको बोतल नै फेला परेको थियो ।

त्यसैगरी सांसद प्रकाशमान सिंहले काठमाण्डौ क्षेत्र नम्बर १ को वडा नम्बर १०, ११ र २९ मा धोवीखोला र बागमती नदीको बाढीले ठुलो क्षति पुर्याएको भन्दै उपयुक्त राहत र क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले धोवी खोला र बागमति किनार छेउमा रहेका मानवबस्तीका अधिकांश भुभागमा हिलो सहितको पानी घर भित्र छिरेको र सयौ मुल्य बराबरको क्षति भएको बताउनुभयो । नदी खोला सरसफाई र संरक्षणका लागि विभिन्न निकायहरु गठन भएको भएपनि जिम्मेवारी एक अर्कालाई पन्छाउने प्रवृत्तिले समस्या भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *