Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अति विपन्न ३० जनालाई निःशुल्क साइकल वितरण

विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अति विपन्न ३० जनालाई निःशुल्क साइकल वितरण

बिराटनगर १६ मंसिर
विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अति विपन्न ३० जनालाई निःशुल्क साइकल वितरण गरेको छ । कोरानाको कहरको बेला दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरु काम गर्न सहज बनाउने उद्देश्यले साइकल पाएपछि खुशी भएका छन् । विराटनगर लेडिज सर्कल नेपालले विराटनगरका विपन्न बालबालिहरुको साईकल चढने अभिलासा पूरा गर्न र अतिविपन्न वर्गका मानिसहरुलाई कामगर्न आवातजावतका लागि साईकल उपलब्ध गराएको हो । विराटनगर–१० मा रहेका बालबालिकाहरु सहित अतिविपन्न वर्गका मानिसहरुको पहिचान गरेर संस्थाले पूरानो साईकल संकलन गरी निःशुल्क साईकल हस्तारण गरेको छ । साईकल नभएका कारण दैनिक ज्याला मजदुरी गर्न जानआउन समस्या रहेको बेला संस्थाले साईकल उपलब्ध गराएपछि अब सहज हुने भन्दै लाभग्राहीहरुले खुशी ब्यक्त गरेका छन । सहयोगस्वरुप साईकल पाएपछि बालबालिकाहरु दंग परेका छन । उनीहरुले आमाबुबाको साईकल किनिदिने सपनालाई संस्थाले साकार बनाइदिएको बताएका छन । साइकल किन्ने क्षमता नभएका विपन्न र बालबालिकाहरुका लागि विराटनगर लेडिज सर्कल नेपालले साईकल सहयोग उपलब्ध गराएर निकै नै सराहनीय काम गरेको राउण्ड टेवल–११ का अध्यक्ष हरिवंश राठीले बताउनुभयो । उहाँले आगामी दिनमा पनि समाजमा यस्तो प्रकारको सामाजिक कामलाई निरन्तरता दिन विराटनगर लेडिज सर्कललाई आग्रह गर्नुभयो । अति विपन्न वर्गका मानिसरुको विजोग देखेर मनकारी सहयोगीहरुबाट पूरानो साईकल संकलन गरेर मर्मत पश्चात हस्तान्तरण गरिएको विराटनगर लेडिज सर्कल नेपालकी अध्यक्ष सालु टिव्रेवालाले बताउनुभयो । बालबालिकाहरुको अनुहारमा खुशी देख्नका लागि र अति विपन्न वर्गका मानिसहरुलाई काम गर्न सहज होस भन्ने उद्देश्यले साईकल सहयोग गरेको उहाँले बताउनुभयो । अगामी दिनमा पनि संस्थाले अति विपन्नहरुको पहिचान गरेर निःशुल्क साईकल वितरण गर्ने र जाडोको न्यानो कपडा वितरण गर्ने टिव्रेवालले बताउनुभयो । संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कामगर्दै आएको छ । अति विपन्न वर्गहरुका लागि समाजमा यस्तै मनकारी सहयोगीहरुको अझै खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *