Sunday, November 24, 2024
Home > आर्थिक समाचार > कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन

कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन

धनगडी ११ मंसिर
कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ । कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कात्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले बताउनुभयो । पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ । यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्य भन्दा पनि बढी राजस्व उठने कार्यालयको दावी छ । यो कार्यालयले चालू आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *