Saturday, November 23, 2024
Home > अन्तराष्ट्रिय समाचार > आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । हिन्दू धर्मावलम्वीहरुले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टा“सी पूजा अर्चना गरेर मनाउँदैछन् । हिन्दू धर्मावलम्वीहरुका घर–घरमा आज पुरोहितले नागको प्रतिमा भएको कागज टाँस्ने गर्दछन् । आजको दिन घरका ढोकामा शेÈनागमा शयन गरेका भगवानको चित्र टा“सी पूजा गर्नाले चट्याङ र बज्र नपर्ने तथा परिवार सुरक्षित रहने धार्मिक विश्वास छ । यस्तै सर्पबाट हुने डसाई, बेराइ, अपसकुन आदिबाट बच्नकालागि नागको पूजा गरिने गरिएको हो । पानी र वर्Èाका देवताका रुपमा मानिने नागको, जुन घरमा बास हुन्छ त्यहा“ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ । नाग पञ्चमीदेखि नै धार्मिक परम्पराअनुसार चाडपर्वहरु भित्रिने भएको हुनाले पर्वको आगमनको सूचकको रुपमा समेत यसलाई लिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *