Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण

भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण

काठमाण्ठौ २३ कात्तिक
भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुवै देशलाई एक अर्काको आवश्यता रहेको बताउनुभयो । भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उहाँले बताउनुभयो । कोभिड संक्रणको सुरु भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने उहाँले बताउनुभयो ।स्वास्थ्यमन्त्री ढकालले आफू अफ्ठ्यारोमा भए पनि विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने बताउनुभएको छ । संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने उहाँले बताउनुभयो । अहिले नेपाल भारत लगायत विश्वभरी नै कोरोना महामारीको संक्रमण बढ्दो छ । नेपालमा दैनिक सयौँ जनालाई संक्रमण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *