इलाम २२ कात्तिक
बर्षौँदेखी पानी बोकेर खाने इलाम सोयाकका स्थानिय घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नम्बर ११ सोयाकमा डिप बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीय खुसी भएका हुन् । नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० बढी घरपरिवारलाई पानी दिने लक्ष्य राखेको छ । २०७६ साल चैतबाट डिप बोरिङमार्फत पानीको काम हुन थालेपछि स्थानीय हर्षित भएका हुन् । सो खानेपानी आयोजनाको काम भर्खरै सकिएसँगै स्थानीयले घरघरमा पानीसमेत पाएका छन् । पानी आएपछि खुसी थपिएको स्थानीय नरेन्द्रप्रसाद आचार्यले बतानुभयो । नगरपालिकले ११ नबर वडा सोयाकमा डीप बोरिङ प्रविधिबाट पानी निकालिएसँगै स्थानिय खानेपानी सहज हुने भन्दै खुसी भएका छन् । पानी अभावले थलिएका स्थानीयले हाल आवश्यकताअनुसार पानी पाउने भएपछि राहत महसुस गरेका छन् । बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको छ । सुरुमा ६४ घरका लागि मात्र भनेर निर्माण थालिएको भए पनि हाल ८४ घर परिवारलाई पानी बितरण गरिएको वडाध्यक्ष रविन एक्तेनले जानकारी दिनुभयो । उहाँले अब अझै थप गरेर एकसय बढी घर परिवारलाई पानी पुर्याइने बताउनुभयो । उहाँले क्रमिक रुपमा घरधुरी अनुसार खानेपानीको लाइन विस्तार गर्दै लगिनेसमेत बताउनुभएको छ । पानी अभावकै कारण आफू जन्मेको थाकथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सरेका स्थानीयहरु पुनः सोही ठाउँमा आउन थालेका छन् । पानी आउने खबर पाएका विस्थापितहरु सोही स्थानमा फर्किन थालेका उहाँले बताउनुभयो । सो क्षेत्रको खानेपानीको संकट टार्न पहाडी क्षेत्रमा डीप बोरिङमार्फत समस्या समाधान गरिएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताउनुभयो । वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीयले गाउँ छाड्न थालेपछि गाउँ खाली हुने भएपछि नागरिककाले बोरिङ प्रणालीमार्फत स्थानियलाई पानी बितरण गरेको उहाँले बताउनुभयो । इलाम नगरपालिक र नेपाल सरकारको बिशेस अनुदानमार्फत करिब दुई करोड ४७ लाख बढीको लागतमा निर्माण गरिएको आयोजनामा १ लाख लिटरको एउटा, पचास हजार र १० हजार लिटर क्षमताको एक एक वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । यसको दिगोपनका लागि स्थानीय स्वयम् जुट्न आवश्यक देखिन्छ ।