Monday, November 25, 2024
Home > मुख्य समाचार > संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुको आग्रह

संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुको आग्रह

काठमाण्डौ २२ कात्तिक

पूर्वसभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।
संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहोर्याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभाुमखहरुको भनाइ छ । लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन् । पूर्व सभामुख ओनसरी घर्तिले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताउनुभयो । संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उहाँले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्नपनि संसद अनिवार्य रहेको बताउनुभयो । कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यससम्बन्धि थप छलफल र बहस गरेर अझ राम्रो हुने उहाँले बताउनुभयो । जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उहाँले बताउनुभयो । विधि विधानअनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि संसदको आवश्यकता रहेको उहाँले बताउनुभयो । पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताउनुभयो । सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उहाँले बताउनुभयो । सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उहाँले स्वीकार गर्नुभयो । संसदको कृयाशिलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उहाँले बताउनुभयो । सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उहाँले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *