Sunday, November 24, 2024
Home > अन्तराष्ट्रिय समाचार > विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या चारकरोड नाग्यो

विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या चारकरोड नाग्यो

एजेन्सी ५ कात्तिक
विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या चारकरोड नाघेको छ ।  हालसम्म कोरोना पुष्टि भएका ४ करोड १० लाखमध्ये ३ करोड ६ लाख १९ हजार बढी निको भएका छन् । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २३ हजार चारसय ५६ जना निको भएका हुन् । अहिले विश्वभर ९२ लाख ७४ हजार सक्रिय संक्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९१ लाखको अवस्था सामान्य छ । ११ लाख २९ हजार जानको भने कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८५ लाख १९ हजारमा कोरोना पुष्टि भएकोमा ५५ लाख ४५ हजार बढी निको भएका छन् भने २ लाख २६ हजारको मृत्यु भएको छ । यस्तै ७६ लाख ४९ हजार संक्रमित रहेको भारतमा ६७ लाख ९२ हजारले कोरोना जितेका छन् । १ लाख १५ हजार बढीको ज्यान गएको छ । यसैगरी ५२ लाख ७४ हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४७ लाख २१ हजार निको भएका छन् । ब्राजिलमा एकलाख ५४ हजार बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *