साउन २९, एसियाली खेलकुद (एसियाड)को फुटबलमा नेपालले जापानविरुद्ध सुधारोन्मुख प्रदर्शन गरेको छ । इन्डोनेसियामा सुरु भएको एसियाडको १८औं संस्करणको पहिलो खेलमा नेपाल मंगलबार जापानसँग १–० ले पराजित भएको हो । खेलको ७ मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको थियो । त्यसपछि भने नेपालले जापानलाई रोक्यो । एसिया कपमा जापानसँग नेपालको यो चौथो हार हो । यसअघि, दुईपटक समान ५–० र एकपटक ४–० ले पराजित भएको नेपालको यो सुधारोन्मुख प्रदर्शन हो ।नेपालले अहिलेसम्म एसिया कपमा १५ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन । एसियाडको समूह ‘डी’मा रहेको नेपालले समूह चरणमा जापानसँगै भियतनाम र पाकिस्तानसँग खेल्नेछ । यो समूहको पहिलो खेलमा मंगलबारै भियतनामले पाकिस्तानलाई ३–० ले हराएको छ । अरु खेलहरुमा चीनले इस्ट टिमोरलाई ६–० ले तथा उज्वेकिस्तानले बंगलादेशलाई ३–० ले हरायो ।