Monday, November 25, 2024
Home > मुख्य समाचार > यसवर्षको नवरात्रमा देवी दुर्गाको आगमन र गमन दुईटै संयोग राम्रो नपरेको हिन्दू धर्मका जानकारहरुको भनाइ

यसवर्षको नवरात्रमा देवी दुर्गाको आगमन र गमन दुईटै संयोग राम्रो नपरेको हिन्दू धर्मका जानकारहरुको भनाइ

विराटनगर ४ कात्तिक

यसबर्षको नवरात्रमा देवी दूर्गाको आगमन तथा गमन दुईटै संयोग राम्रो नपरेको हिन्दु धर्मका जानकारहरुले बताएका छन । यसपटक देवीको आगमन घोडामा तथा गमन भैंसीमा हुने भएकाले धार्मिक दृष्टिकोणले दुवै संयोग राम्रो नरहेको बताईएको छ । कात्तिक १ घटस्थापनाबाट २०७७ सालको नौरथा शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन देवी दुर्गाको आगमनहुने विश्वास मानेर यस तिथिबाट वडादशैं शुरु हुने गरेको छ र देवीको विदाईसँगै दशैं समाप्त हुन्छ । वडादशैंमा देवीको आगमनको अवस्थालाई आधार मानेर धार्मिक अगुवाहरुले बर्षभरिको अवस्थाको आंकलन गर्छन । देवी दुर्गा सवार भएर आउने जनावरलाई प्रतिकको रुपमा मानेर बर्षभरिको अवस्था र लाभ हानिको बिश्लेषनण गर्ने गरिएको छ । यसपटकको नौरथामा देवीको आगमन घोडामा तथा गमन भैंसीमा हुने हिन्दु धर्मका जानकारहरुले बताएका छन । यसपटक देवीको आगमनमा प्रयोग भएको घोडाले राजनितिक अस्थिरताको संकेत मिलेको ज्योतिष सुभाष गौतमको दाबी छ । देवीको सवारीमा प्रयोग हुने जनावरका आधारमा बर्षभरिको अवस्थाको बिश्लेषण गर्न सकिने ज्योतिष गौतमले दाबी समेत गर्नुभयो । देवीको आगमन कुन बारको दिन भएको हो त्यही बारका आधारमा जनावरको सवारी निर्धारण हुने गरेको धार्मिक जानकारहरु बताउँछन । यसबर्ष देवीको आगमन तथा गमनमा प्रयोग हुने जनावरको संयोगलाई आधार मानेर विश्लेषणगर्दा अवस्था सुखद रहने संकेत नमिलेको काली मन्दिर विराटनगरका मुल पुजारी बिष्णुहरि दाहालले बताउनुभयो । पौराणिक शास्त्र र विश्वासका आधारमा धर्मले निरन्तरता पाउने गरेकाले यसप्रकारका दाबीहरुमा बैज्ञानिक आधारहरु नरहेको प्रष्ट छ । यद्यपि धर्मशास्त्रहरु समेत प्रमाणिक रहेको दाबी गर्ने अध्येताहरुको संख्या समेत उत्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *