Monday, November 25, 2024
Home > मुख्य समाचार > कोरोनाका कारण विराटनगरस्थित कालीमन्दिरसहितका शक्तिपीठहरुमा दशैं विशेष धार्मिक कार्यक्रममा सर्वसाधारणलाई रोक

कोरोनाका कारण विराटनगरस्थित कालीमन्दिरसहितका शक्तिपीठहरुमा दशैं विशेष धार्मिक कार्यक्रममा सर्वसाधारणलाई रोक

विराटनगर १ कार्तिक

यसपटकको दशैंमा आम भक्तजनले प्रदेश–१ को राजधानी विराटनगरमा रहेको प्रसिद्ध कालीमन्दिरमा देवी दूर्गाको दर्शन गर्न नपाउने भएका छन । कोरोना संक्रमण उच्चरुपमा बढेकाले मन्दिरले आयोजनागर्ने दशैं बिशेष कार्यक्रमहरुमा सर्वसाधारणलाई रोक लगाइएको हो । यसपटक दशैंको नवरात्री अर्थात नौरथा कात्तिक १ बाट शुरु हुँदै छ । नौरथामा माता काली तथा देवी दूर्गाको मन्दिर पुगेर देवीको दर्शनलाई बिशेष महत्व दिईन्छ । बहुसंख्यक श्रद्धालु नौरथाभरि एकाबिहानै मन्दिर पुगेर देवीको दर्शन र पूजापाठ गर्दछन । विगतका वर्षहरुमा प्रदेश राजधानी विराटनगरमा रहेको काली मन्दिरमा दशैंको अवधिभरि नै दर्शनार्थीको अत्यधिक भीडभाड रहने गरेको थियो । तर यसपटकको स्वास्थ्य संक्रमणकालिन अवस्थामा आम सर्वसाधारणले उक्त मन्दिर पुगेर देवी दूर्गाको दर्शन गर्न नपाउने भएका छन । मन्दिरले दशैंको अवसरमा आयोजना गर्दै आएको सबै धार्मिक कार्यक्रमरुमा सर्वसाधारणलाई रोक लगाएको छ । संक्रामक अवस्थाका कारण स्थानीय प्रशासनको निर्देशनपछि बसेको कालीमन्दिर ब्यवस्थापन समितिको बैठकले दशैं बिशेष धार्मिक कार्यक्रमहरुमा भक्तजनको सहभागितामा रोक लगाएको हो । त्यतिमात्र नभई मन्दिर परिसरमा पशुपंक्ष्ीको बलि प्रदान सहितका कार्यक्रमहरुमा समेत रोक लगाइएको छ । यसपटक मन्दिर पुग्ने भक्तजनले भौतिक दुरी कायमगर्दै भुईतलाबाटै देवीको स्मरणगर्दै पुजापाठ गरी फर्किनुपर्ने छ । यद्यपि मन्दिरले आन्तरीकरुपमा दशैंको धार्मिक विधिविधान अनुसारका सबै कार्यक्रमहरु आयोजना गर्ने कालीमन्दिरका मुख्य पूजारी विष्णुहरि दाहालले बताउनुभयो । प्रतिकुल अवस्थाका कारण मन्दिरको इतिहासमै पहिलोपटक सर्वसाधारणको सहभागिता विना दशैंका औपचारिक कार्यक्रमहरु संचालन गर्नुपर्ने अवस्था आएको उहाँको भनाई छ । दशैं हिन्दू धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व हो । यसको धार्मिक,सामाजिक,वैज्ञानिक र मनोबैज्ञानिक महत्व समेत छ । खुलारुपमा दशैं मनाउन नपाउदा खल्लो लाग्नु स्वाभाविक हो तर पछिल्लो समय समुदायस्तरमै कोरोना फैलिएकाले भीडभाड नगर्ने निर्णय समुदायकै हितकालागि हो । त्यसैले यो निर्णयको सबैले पालना गरौं र कोराना बिरुद्धको लडाईमा एकजुट होऔं । घरमै बसेर सुरक्षितरुपमा दशैं मनाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *