काठमाण्डौ ३० असोज
नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ । हिजो ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । हिजो १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । हिजो संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ जना रहेका छन । यस्तै होम आइसोलेसनमा २४ हजार एकसय ९४ जना संक्रमित छन । हिजो ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म देशभरी ८४ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ । हिजो एकैदिन १९ जनाको मृत्यु भएको छ ।