Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > एक हजार वेडको भेन्टिलेटरसहितको कोरोना अस्पताल निर्माण गर्न नेपाली कांग्रेस विराटनगरको माग

एक हजार वेडको भेन्टिलेटरसहितको कोरोना अस्पताल निर्माण गर्न नेपाली कांग्रेस विराटनगरको माग

बिराटनगर ३० असोज
कोरोना संक्रमितलाई राख्न आइसोलेसन र एक हजार वेडको भेन्टिलेटरसहितको कोरोना अस्पताल निर्माण गर्न माग गर्दै नेपाली कांग्रेस विराटनगर समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । हिजो मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस विराटनगरका कार्यबाहक नगरसभापति अरुण न्योपानेले पिसिआर टेष्ट गर्न दिएका व्यक्तिहरू र कोरोना पोजेटिभ देखिएका संक्रमितहरूलाई आइसोलेसन राख्ने र निगरानी नगरिंदा कोरोना संक्रमण तीव्र रुपमा भइरहेको बताउनुभयो । कोरोना संक्रमित विरामीहरू घरमै छटपटाएर पीडादायी रुपमा मर्न बाध्य भइरहे पनि सरकार मुकदर्शक भइरहेको कांग्रेसको आरोप छ । सरकारको लापरबाहीले समस्या विकराल हुँदै गएका कारण तत्काल आफूहरूले राखेका माग पुरा गर्न कार्यबाहक सभापति न्यौपानेले आग्रह गर्नुभयो । उहाँले आफूहरूले राखेको मागलाई बेवास्ता गरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने स्पष्ट पार्नुभयो । नगरसचिव निरज कोइरालाले सरकार संक्रमित बढाएर सत्ता टिकाउने र कमाइखाने भाँडो बनाउन लागिपरेको आरोप लगाउनुभयो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले सम्बन्धित निकायमा ज्ञापनपत्र पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *