Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > नोबेल शिक्षण अस्पतालका चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तकोे आरोप

नोबेल शिक्षण अस्पतालका चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तकोे आरोप

बिराटनगर २९ असोज

नोबेल शिक्षण अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी सोलुखुम्बु नोचासल्यान ४ की ३५ वर्षीय तारादेवी भट्टराईको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । उपचारका लागि एकहप्ता अगाडि नै बिराटनगर आए पनि पिसिआर परीक्षण गराएर आइतबार अस्पताल भर्ना भएकी भट्टराईको सोमबार डा. शान्ति सुवेदीको नेतृत्वमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि भट्टराईको अवस्था सामान्य रहेको थियो । आईसियुमा राखिएकी भट्टराईको डाक्टरले कारण नखुलाई दोस्रो पटक पनि शल्यक्रिया गरेको आफन्तको आरोप छ । दोस्रोपटक शल्यक्रिया गरेपछि गम्भीर अवस्थामा बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । ट्युमरको शल्यक्रिया गर्दा आन्द्रा काटिएर बिरामीको मृत्युु भएको आफन्तको दाबी छ । मृतकका आफन्त राजन धमलाले डाक्टरको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार अस्पतालले एक चरणको वार्तामा आफ्नो गल्ती स्वीकारिसकेको छ । अस्पतालले मृतकको उपचारमा लागेको खर्च मिनाहा गरिदिनुका साथै मृतकको काजकिरियाका लागि १ लाख रुपैयाँ दिने सहमति गरेको उहाँको दाबी छ । मृतकका श्रीमान ओम भट्टराईले लापरबाही गर्ने डाक्टरलाई कारबाहीसहित राहत र ३ जना सन्तानको शिक्षाको जिम्मा अस्पतालले लिनुपर्ने माग गर्नुभयो । उहाँले माग पूरा नभएसम्म शव नबुभ्mने अडान राख्नुभयो । माग पूरा नगरे अस्पताल परिसरमै आत्मदाह गर्ने उहाँको चेतावनी थियो । यस विषयमा अस्पताल प्रशासनको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *