Friday, November 22, 2024
Home > मुख्य समाचार > नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु

काठमाण्डौ २७ असोज

नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । हिजो नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको छ । हिजो १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन । अहिलेसम्म देशभरी ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन । आइसियुमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन । यसैबीच सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ । देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *