Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर प्रदर्शन

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर प्रदर्शन

काठमाण्डौ २६ असोज

विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन् । पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताउनुभयो । सरकारलाई दबाव दिन विभाग अगाडि लालटिन बाँधेर प्रदर्शन गरिएको उहाँको भनाइ छ । लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताउनुभयो । सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्नेसम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उहाँले बताउनुभयो । कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी विदामा राखेका छन । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *