Friday, November 22, 2024
Home > मुख्य समाचार > कोरोनाका कारण एकैदिन नेपालमा २२ जनाको मृत्यु

कोरोनाका कारण एकैदिन नेपालमा २२ जनाको मृत्यु

काठमाण्डौ २५ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट काठमाडौं उपत्यकामा ८ सहित देशभरि थप २२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । आज २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ पीसीआर परीक्षणमा ७ सय २ जना महिला र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । उपत्यकामा १ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । आज आइसियूमा ३ सय २९ र भेन्टिलेटरमा ७६ जना संक्रमित उपचाररत रहेका छन । आज १ हजार ५ सय ५२ जना संक्रमितमुक्त भएर घर फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *