Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ ले स्वास्थ्य स्वयमसेबिकालाई साइकल र मोवाइल बितरण

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ ले स्वास्थ्य स्वयमसेबिकालाई साइकल र मोवाइल बितरण

सुन्दरहरैंचा मोरङ २५ असोज
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ ले स्वास्थ्य स्वयमसेबिकालाई साइकल र मोवाइल बितरण गरेको छ ।  सुन्दरहरैंचा ४ मा रहेका स्वास्थ्य स्वायमसेबिकाहरुलाई काम गर्ने हौसला बढाउनका लागि प्रोत्साहन स्वरुप साइकल र मोवाइल बितरण गरिएको हो । सेविकाहरुलाई वडाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सम्बन्धी सेवा दिन र डाटा संकलन गर्न सहजता होस् भन्ने उद्देश्यले वडामार्फत ४ जना स्वयमसेविकाहरुलाई एक÷एक वटा साइकल र एक÷एक थान मोवाइल खरिद गरी वितरण गरिएको सुन्दरहरैचा नगरपालिका वडा न ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पोलियो थोपा खुवाउने, हात्तीपाईलेको औषधी खुवाउने, नियमित खोप लगाउने, ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुमा स्वास्थ्य स्वयमसेविकाहरुले गाउँमा पुगेर सेवा गर्ने गर्दछन् । वडाले आफुहरुको असहजताको ख्याल गर्दै सहज होस् भनेर मोवाइल र साइकल दिएकोमा स्वास्थ्य स्वयमसेविकाहरुले समेत खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *