Friday, November 22, 2024
Home > मुख्य समाचार > जबरजस्ती करणीको उजुरी दर्ता गराउन गएका पीडित पक्ष सुनसरी प्रहरीको नियन्त्रणम

जबरजस्ती करणीको उजुरी दर्ता गराउन गएका पीडित पक्ष सुनसरी प्रहरीको नियन्त्रणम

विराटनगर २५ असोज
मध्यरातमा जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडितका आफन्तलाई सुनसरी प्रहरीले उल्टै नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जर्बजस्ती करणीको उजुरी दिन जाँदा पीडितको उजुरी नलिएको प्रहरीले सुरुमा पीडकबिरुद्ध अभद्र ब्यवहारको मुद्दा चलाएको थियो । लगत्तै पीडक पक्षको उजुरीको आधारमा पीडितका आफन्तलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको पाइएको छ । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीमा यही असोज १७ गते शनिबार मध्यरातमा घरमा पसेर जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडितका आफन्तलाई सुनसरीको दुहवीस्थित इलाका प्रहरी कार्यालयले अभद्र मुद्दा चलाएको हो । पीडित महिलाका श्रीमानको भिनाजु निरज चौधरीलाई प्रहरीले मुद्दा चलाएको स्थानीय अगुवा मञ्जु सरदारले जानकारी दिनुभयो । पीडित परिवारले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर श्रीमान रोजगारीका लागि बाहिर गएको मौका छोपी स्थानीय सञ्जय मोचीले राति ११ बजे घरको ढोका तोरेर जवरजस्ती करणी गरेको पीतिड पक्षको आरोप छ । सोही बिषयमा उजुरी दिंदा उल्टै प्रहरीले धम्काउने गरेको पीडितले आरोप लगाएका छन् । पीडित महिलाले सञ्जयले घरमा रहेको बाँसको ढोका हटाएर घरभित्र पसेर कब्जामा लिएर मुख थुनि जवरजस्ती करणी गरेको बताइन् । शारीरिक सम्बन्ध कायम गरिरहेको बेला आफूले धकेलेर हल्ला गरेपछि घरमा रहेका सासु, ससुरासहित भिनाजुले सञ्जयलाई समातेको उनले बताइन् । मध्यरातमा घरमा पसेर जवरजस्ती करणी गर्नेलाई आफन्तको सहयोगमा समातेपछि पीडकका आफन्तले पीडित परिवारमाथि आक्रमणसमेत गरेको पत्रकार सम्मेलनमा सहभागी स्थानीयले बताएका छन् । सो क्रममा पीडितकी सासुको हातमा धारिलो हतियारले काटिएको छ । पीडित परिवारले स्थानीय चिमडी थानामा खबर गरेर पीडकलाई प्रहरीको जिम्मा लगाएका थिए । घटनाका विषयमा इलाका प्रहरी कार्यालय दुहबीले पीडितले जवरजस्ती करणी गरेको उजुरी दिन जाँदा नलिएको पीडित पक्षको दाबी छ । प्रहरीले अभद्र मुद्दा दर्ता गरेको र मुद्दा फाँटका प्रहरीले उल्टै अभद्र व्यवहार गर्दै मानसिक यातना दिएको पीडित महिलाले बताइन् । घटनामा घाइते भएकी पीडित महिलाको शरिरभरि नङ्गले कोतरेको दाग देखिन्छ । पीडितसँग उजुरी दिन गएका नातामा भिनाजु पर्ने व्यक्तिलाई प्रहरीले घटनाको आठौ दिन उल्टै अभद्र मुद्दा दर्ता गरेको हो । मुद्दाबारे बुभ्mनु छ भन्दै प्रहरीले बोलाएर उल्टै मुद्दा दर्ता गरेको पीडित पक्षले बताएका छन् । दुई छोरी रहेकी पीडित महिलाका श्रीमान रोजगारका लागि मलेसिया गएका छन् । प्रहरीले जर्बजस्ती करणीको जाहेरी लिन नमानेपछि सुनसरीको सरकारी वकिल कार्यालयमार्फत मंगलबार जाहेरी दर्ता गरेको पीडित पक्षले बताएको छ । सरकारी वकिल कार्यालयमार्फत जबर्जजस्ती करणीमा जाहेरी दर्ता भएपछि बलत्कार भएको ७ दिनपछि मात्र प्रहरीले मेडिकल गराएको जनाइएको छ । विपन्न पीडित परिवार लामो समयदेखि स्थानिय एक ब्यक्तीको जग्गामा टहरा बनाएर बस्दै आएको छ । सो बिषयमा प्रतिक्रिया दिनुहुँदै इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक घनेन्द्र खजुमले उजुरी दिन आएकी महिलाको वयानकै आधारमा मुद्दा अभद्र मुद्दा दर्ता गरेको दाबी गर्नुभयो । पीडितका आफन्तलाई मुद्दा लगाइएको विषयमा उहाँले पीडक भनिएका सञ्जयको आमालाई पीडितको भिनाजु निरजले कुटपीट गरेकाले अभद्र मुद्दा दर्ता गरेको दाबीसमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *