Thursday, November 21, 2024
Home > आर्थिक समाचार > नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी युनाइटेड रियल लेदरले आफ्ना उत्पादन बजारमा ल्यायो

नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी युनाइटेड रियल लेदरले आफ्ना उत्पादन बजारमा ल्यायो

बिराटनगर २४ असोज
नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी युनाइटेड रियल लेदरले आफ्ना उत्पादन बजारमा ल्याएको छ ।
युनाइटेड रियल लेदरले तत्कालका लागि पुरुष र महिलाका लागि जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको हो । युनाइटेड रियल लेदरले विराटनगरस्थित सेन्ट्रल मलमा पहिलो बिक्री कक्ष हिजोदेखि सञ्चालनमा ल्याएको छ । बिक्री कक्षको उद्घाटन युनाइटेड रियल लेदरका सञ्चालक परवेज अक्तरले गर्नुभयो । सम्पूर्ण स्वदेशी कच्चापदार्थले नेपालमा उत्पादन गरिएका जुत्ता चप्पलहरू टिकाउ, बलियो र गुणस्तरीय रहेको अक्तरले बताउनुभयो । उहाँले आफ्ना उत्पादनहरू पूर्ण रुपमा छालाको भएको र कुनै मिसावट नभएको दाबी गर्नुभयो । सन् १९८४ देखि कच्चा छाला प्रशोधन गरी विदेश निर्यात गर्दै आए पनि लकडाउनका कारण छाला निर्यात कटौती भएपछि आफ्नै देशमा तयारी बस्तु उत्पादन गर्न थालेको उहाँले बताउनुभयो । युनाइटेड रियल लेदरले सुनसरीको दुहवीमा छाला जुत्ता उद्योग स्थापना गरेको छ । १० करोड रुपैयाँ लागतमा स्थापना भएको उद्योगले वार्षिक १ लाख जोर जुत्ता उत्पादन गर्ने लक्ष्य राखेको छ । उद्योगले पर्स, व्याग, ज्याकेटलगायतका उत्पादनहरू पनि चाँडै बजारमा ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *