Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका वडाअध्यक्ष यादवलाई धरौटीमा छोड्न उच्च अदालत विराटनगरको आदेश

कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका वडाअध्यक्ष यादवलाई धरौटीमा छोड्न उच्च अदालत विराटनगरको आदेश

मोरङ २४ असोज

कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिपचन्द यादवलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश मोहम्मद जुनैद हिजोादको संयुक्त इजालशले यादवलाई १ लाख रुपैयाँ धरौटिमा छोड्न आदेश दिएको हो । विराटनगर–१४ जतुवाका ५५ वर्षिय सेमानन्द यादवको कुटपिटपछि मृत्यु भएपछि २०७६ माघ २४ गते मोरङ जिल्ला अदालतलले वडाअध्यक्ष यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा गएपछि यादव र विराटनगर–१८ का वडाअध्यक्ष सन्जय साहले मुलुकी फैजदारी कार्यविधीको ७३ नम्बर उच्च अदालत गरेका थिए । वादी र प्रतिवादीको बहस भएपछि उच्च अदालतले जहदाका वडाअध्यक्ष यदावलाई १ लाख धरौटि र विराटनगर १८ का वडाअध्यक्ष साहलाई मोरङ अदालतको आदेशलाई सदर गरेको उच्च अदालत विराटनगरले जनाएको छ । हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएका मध्ये यादव लकडाउनको समयमा अदालतमा हाजिर भएका थिए । विवाहको विषयमा विवाद हुँदा गत वर्ष जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २०७६ असार २६ गते कोशी अस्पतालमा मृत्यु भएको थियो । यादवको मृत्यु भएपछि हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित १० जना भारततर्फ फरार भएका थिए । सो मुद्दामा अन्य सात जना प्रतिवादी अझै फरार छन । उच्च अदालतमा पेशी चढेपछि पीडित परिवारले प्रतिवादीहरूलाई जिल्लाको आदेश सदर गर्न माग राख्दै अदालत अगाडि सडकमा लामबद्ध भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *