Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > लामो समयसम्म गरेको लकडाउन र निषेधाज्ञापछि विभिन्न कार्यालयहरू खुल्दा सेवाग्राहीहरूको थामिनसक्नुको भिड

लामो समयसम्म गरेको लकडाउन र निषेधाज्ञापछि विभिन्न कार्यालयहरू खुल्दा सेवाग्राहीहरूको थामिनसक्नुको भिड

बिरगंज २४ असोज
कोभिड–१९ (कोरोना) को कहरबाट बच्नका लागि सरकारले लामो समयसम्म गरेको लकडाउन र निषेधाज्ञापछि विभिन्न कार्यालयहरू खुल्दा सेवाग्राहीहरूको भीडभाड निकै नै बढेको छ । जसका कारण अझै कोरोना फैलिने सम्भावना बढेर गएको छ ।  लामो समयसम्मको लकडाउन र निषेधाज्ञाका कारण सेवाबाट बञ्चित पर्साका सेवाग्राहीहरू कोरोनाको प्रवाह नैं नगरी सरकारी कार्यालयहरूबाट सेवा लिन आतुर देखिएका छन् । सरकारले सामाजिक दुरी कायम गरेर मात्रै विभिन्न क्रियाकलाप गर्न भने पनि सो निर्देशनको यहाँका कर्मचारीहरूले नैं त सेवाग्राहीहरूले पालना गरेका छन् । वीरगञ्ज महानगरपालिकाको कार्यालय खुलेपछि काम विशेषले सेवा लिन आएका सेवाग्राहीहरुको भीड लागेको देखिन्छ । तर, भीडभाडलाई व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिकाले उचित कदम चालेको देखिएको छैन । न त सरकारले तोकेको स्वास्थ्य मापदण्ड नैं अपनाएर कर्यालय सञ्चालन गरेको देखिन्छ । बिरगंज महानगरपालिकाले कोरोनाको सुरूवाती समयमा मुल गेटको अगाडी जडान गरिएको धारा पनि बिग्रेको अवस्थामा छ । यहाँसम्म कि कार्यालयमा आउने सेवाग्राहीहरूको तापक्रम चेकजाँच नैं नगरी कार्यालयमा प्रवेश गराइएको छ । यतिखेर बिरगंज महानगरपालिकाको गेटमा बिहानै ७ बजेदेखि साँझ ५ बजेसम्म सेवाग्राहीको भिडभाड भएको देखिन्छ । तर, काम चाहिं अपेक्षाअनुसार भएको देखिदैन । कोरोना रोकथामका लागि करोडको रूपैयाँ छुट्याए पनि नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डका कुनै पनि कार्यालयमा न देखिएको र भीडभाड र झनैं कोरोना संक्रमण बढ्न सक्ने सम्भावना देखिएको सेवाग्राहीहरुको भनाइ छ । ठूलाबडा तथा पहुँच भएको व्यक्तिको काम छिटो हुने र निमुखा जनताको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म लाइनमा उभिदा पनि काम नहुने उनीहरूले गुनासो गरेका छन् ।सरकारले स्वास्थ्य मापदण्ड अपनाएर कार्यालय सञ्चालन गर्न भनिरहँदा वीरगञ्ज महानगरपालिकाले खासै त्यसलाई ध्यान दिएको देखिँदैन । स्वास्थ्य मापदण्ड बिना कार्यालय चलाउँदा र सेवाग्रहीको भिडभाडले झनै कोरोना फैलिन सक्ने संकेत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *