बिराटनगर २३ असोज
झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड–९ मा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन । बुधबार साँझ उनलाई बिर्तामोड सैनिक मोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसैगरी सुनसरी ईटहरी–५ का २३ बर्र्षीय प्रविण राई खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । उनलाई समेत बुधबार अपरान्ह इटहरीको होटलबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । राईलाई नियन्त्रणमा लिएसंगै उनको कोठामा समेत खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारि लुकाई राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको थियो । उनको साथबाट नगद १ लाख ५० हजार समेत बरामद भएको छ । विशेष सुराकका आधारमा खिएको राय र राईलाई ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।